top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

मोर्चाको शीर्ष नेतृत्वसँग वार्ता गरी प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  7:13 PM  |  Viewed: 1559 times

काठमाडौं, माघ ६ । प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार (भोलि) बिहान मोर्चाका नेताहरुसँग छलफल गरी माघ ९ गतेभित्र प्याकेजमै सहमति खोज्ने निर्णय गरेको गरेको नेताहरुले बताएका छन् ।

मोर्चासँग सहमति नभए तीन पार्टीको कार्यदलले परिमार्जन गरेको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निष्कर्षमा पनि शीर्ष नेताहरु पुगेका छन् ।

तीन दलको कार्यदल र मधेसी मोर्चाको कार्यदलले सहमतिको बाटो पहिल्याउन नसकेपछि शीर्ष तहमै वार्ता गर्नुपर्ने अवस्था आएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell