top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

शेयर बजार ऋणात्मक  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  7:29 PM  |  Viewed: 464 times

काठमाडौं, माघ ६ । बुधबार शेयर बजार नगन्य अंकले ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नगन्य अंकले रातो रही १२ सय १३ दशमलव पाँच सात कायम भएर थामियो ।

बीमा, होटल र वित्त समूह रातो रहेसँगै अरु कारोबार भएका समूह हरियो रहँदा पनि नेप्से ऋणात्मक रहन गएको हो ।

बीमा समूहमा सबैभन्दा उच्च ३४ अंकको कमी आयो । होटल समूह ९ अंकले झर्यो । विकास बैंक, जलविद्युत्, अन्य र वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्स्चेन्जमा ९० कम्पनीको ६ लाख ६५ हजार बराबर कित्ता शेयर ४४ करोड ६१ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसैबीच, धितोपत्र बोर्डले स्टक मार्केट पूर्णस्वचालित आधुनिकीकरणको युगमा प्रवेश गरेको जनाएको छ ।

बोर्डले विज्ञप्ति जारी गरी माघ ३ गतेबाट दोस्रो बजार पूर्णस्वचालित विद्युतीय सेवा सफलतापूर्वक सन्चालन भएको जनाएको छ ।

हालसम्म नेप्सेमाा सक्रिय कारोबार हुने सूचीकृत कम्पनीमध्ये १ सय ७२ कम्पनी अर्थात् ९९ दशमलव नौ आठ प्रतिशत कम्पनी अभातिकरण भैसकेको पनि बोर्डले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell