top
ImageKhabar
बुद्धबार, 1 असोज, 2076 Wednesday, September 18, 2019

ImageKhabar Archive

प्रधानमन्त्रीको भारत–चीन भ्रमणका लागि सुझाव दिनोस् : मन्त्री बोहोरा  |  Published: January 20, 2016  |  बुद्धबार 6 माघ, 2072  |  7:37 PM  |  Viewed: 1230 times

काठमाडौं, माघ ६ । वाणिज्यमन्त्री दीपक बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणका अवसरमा दुई देशबीच व्यापार तथा लगानीका क्षेत्रमा गरिनुपर्ने सुधारबारे सुझाव प्रदान गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमन्डलसँगको बुधबार भएको भेटघाटका अवसरमा वाणिज्यमन्त्री बोहोराले उक्त आग्रह गरेका हुन्

मन्त्री बोहोराले निकट भविष्यमै भारतसँगको व्यापार तथा पारवहन सन्धि नवीकरण गर्नुपर्ने भएकोले सो सन्धिकाबारेमा समेत आवश्यक सुझाव दिन प्रतिनिधिमन्डललाई आग्रह गरे ।

उनले आवश्यक तयारीका लागि विज्ञहरु सम्मिलित बृहत् कार्यशालाको आयोजना गर्न र ठोस सुझाव तयार गर्नसमेत चेम्बरलाई आग्रह गरे ।

चेम्बर राजेशकाजी अध्यक्ष श्रेष्ठले वाणिज्य नीतिअनुसार समग्र वाणिज्य ऐन–कानुनहरुको संशोधन गर्न आवश्यक रहेको बताउँदै अर्थसम्बन्धी ऐन–कानुनहरु संसदमै अड्किएकोमा दुःख व्यक्त गरे ।

उनले दलहरुको राजनीतिक गतिरोध र नाकाबन्दीका बावजुद छिमेकी राष्ट्र भारतसँगको नियमित क्रियाकलापलाई अगाडि नबढाए भविष्यमा अझ ठूलो संकट निम्तन सक्नेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले पेट्रोलियम पदार्थलगायत वस्तुहरुको आयात–निर्यातका लागि वैज्ञानिक ढंगले नाकाहरुको व्यवस्थापन गरिनुपर्नेमा पनि जोड दिएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell