top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

धामीले ​बोक्सी लागेको भन्दै फलाम र ढुंगा तताएर डामेपछि जितेन्द्र भण्डारी/ईमेज  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  2:45 PM  |  Viewed: 5517 times

पाँचथर,माघ ७ । पाँचथर ओयाम १ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सी लागको भन्दै झाँक्रीले फाली र ढुंगा तताएर डामेपछि वालकको पछाडिको भाग जलेको छ । धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई झाँक्रीले उपचार गर्ने क्रममा डामिदिँदा शरीरको पछाडीको भाग जलेको हो ।

झाडा पाखाल लागेर विरामी भएका बच्चालाई विझुवा लागेको भन्दै पिठ्युमा डाबिदिएका थिए । विझुवाले डामेपछि घाइते भएर सिकिस्त बच्चालाई डामेको १२ दिन भइसक्दा पनि उपचारका लागि लगिएको छैन ।

झाडापखालाले सिकिस्त भएका बच्चालाई डामेपछि निको हुन्छ भन्दै झाँक्रीले डामेपछि बच्चाको स्थिति झनै बिग्रीएको छ । डामेपछि बच्चालाई सन्चो हुन्छ भनेर दुईजना झाँक्रीले बताएपछि बच्चालाई तताएर राखिएको ढुंगामा राखिएको र फाली तताएर डामेको आमा उर्मिला राईले बताए ।

बच्चाको शरिरको पछिल्लो भागमा डडेर घाउ भएको छ । उपचार नहुँदा घाउ पाक्न थालेको छ । कडा बोक्सि लागेकाले डामेर मात्र निको हुने भनेपछि यस्तो घटना भएको स्थानीय बासिनदाले बताएका छन् । मंगलवार वडा नागरिक मञ्चको बैठकमा कुरा उठेपछि मात्रै घटना सार्वजनिक भएको हो । बच्चाको घाउ गम्भीर किमिसको छ ।

वडा नागरिक मञ्चका अध्यक्ष इन्द्रबहादुर राईका अनुसार बच्चाको घाउ जटिल बन्दै गएको छ । ढिलो गरी थाहा पाइएकाले अब उपचार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म घटना सम्वन्धित निकाय सम्म आउन सकेको छैन् ।

 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell