top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

सामूहिक बलात्कारपछि युवतीको हत्या  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  10:41 AM  |  Viewed: 2176 times

रुकुम, माघ ७ । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।

युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डा दीपक पुनले बताए । ‘शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कारपछि हत्या गरेको हुन सक्छ,’ उनले भने ।

युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताए । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताए । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell