top
ImageKhabar
बुद्धबार, 26 चैत, 2076 Wednesday, April 08, 2020

ImageKhabar Archive

सामाजिक अपराध नियन्त्रण गर्न विशेष तयारी  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  1:13 PM  |  Viewed: 297 times

काठमाडौं, माघ ७ । नेपाल प्रहरीले सामाजिक अपराध नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

केन्द्रीय बालकल्याण समिति बालबालिका खोजतलास समन्वय केन्द्रले आजदेखि राजधानीमा सुरु गरेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुखहरुको राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सामाजिक अपराध नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

एआईजी शर्माले घर, परिवार, समाज र राज्यमा बालबालिका अपहरण र हत्या गर्ने क्रम अझै नियन्त्रणमा आउन नसकेको स्वीकार गर्दै यस्ता घटना जानकारी हुनासाथ सम्बन्धित निकायलाई सुचित गर्न आग्रह गरे ।

एआईजी शर्माले प्रहरीले समाजमा शान्ति कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

अपराध नियन्त्रण कानुनी प्रावधानले मात्र नहुने भएकाले सामूहिक प्रयासबाट मात्रै सफलता हाँसिल गर्न सकिने उनको भनाइ थियो । दुई दिनसम्म चल्ने गोठीमा बालबालिकामाथि हुने विभिन्न अपराध न्यूनीकरण गर्ने उपायका बारेमा छलफल हुने छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell