top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

महिलालाई भारतमा बेच्न लैजाँदै गर्दा चारजना पक्राउ  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  4:50 PM  |  Viewed: 1409 times

चितवन, माघ ७ । महिला बेचबिखनमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चारजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाँदै गरेका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन मंगलपुर–७ का सञ्जय तामाङ, तनहुँ केशवटार–२ का टोलाराम थापा, धादिङ गजुरी–२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल–९ का राजु गुरुङ छन् ।

कँडेललाई काठमाडौंबाट र अन्य तीनजनलाई चितवनको भरतपुरस्थित होटल अशोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका चारजना महिलालाई प्रहरीले उद्धार गरेको छ ।

पक्राउ परेकाहरुले रोजगारीको लागि कीर्गिस्तान पठाइदिने भन्दै महिलाहरुलाई भारतमा बेचबिखन गर्न खोजेको प्रहरीको आरोप छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell