महिलालाई भारतमा बेच्न लैजाँदै गर्दा चारजना पक्राउ | Published: January 21, 2016 | बिहीवार 7 माघ, 2072 | 4:50 PM | Viewed: 1409 times
चितवन, माघ ७ । महिला बेचबिखनमा संलग्न चारजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
चारजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाँदै गरेका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवन मंगलपुर–७ का सञ्जय तामाङ, तनहुँ केशवटार–२ का टोलाराम थापा, धादिङ गजुरी–२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल–९
का राजु गुरुङ छन् ।
कँडेललाई काठमाडौंबाट र अन्य तीनजनलाई चितवनको भरतपुरस्थित होटल अशोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुसँगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका चारजना महिलालाई प्रहरीले उद्धार गरेको छ ।
पक्राउ परेकाहरुले रोजगारीको लागि कीर्गिस्तान पठाइदिने भन्दै महिलाहरुलाई भारतमा बेचबिखन गर्न खोजेको प्रहरीको आरोप छ ।