top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

बालकलाई बोक्सी लागेको भन्दै तातो फलामले डाम्ने झाँक्री हिरासतमा जितेन्द्र भण्डारी (इमेज)  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  4:56 PM  |  Viewed: 2550 times

पाँचथर, माघ ७ । पाँचथरको ओयाम–१ मा १४ महिने बालकलाई तातो फलामले डाम्ने झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाक्लुङका धनबहादुर राईका १४ महिने बालक दिपसन राई झाडा–पखालले सिकिस्त भएकोमा झाँक्री सुकबहादुर राईले बोक्सी लागेको भन्दै फाली र ढुंगा तताएर डामेका थिए ।

बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको आमा उर्मिला राईले बताइन् ।

झाँक्रीले डामेको १३ दिनपछि मात्रै बालकलाई अस्पताल ल्याइएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell