top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

१७औं इमेज अवार्ड फागुन १ गते  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  3:13 PM  |  Viewed: 383 times

काठमाडौं, माघ ७ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव १७औं इमेज अवार्ड आगामी फागुन १ गते हुने भएको छ ।

नेपाली गीत–संगीतको उत्थान गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिँदै आएको इमेज अर्वाडको यो संस्करणका लागि २३ विधाको मनोनयन सार्वजनिक गर्नुका साथै उत्कृष्ट पाँचमा पर्न सफल स्रष्टाहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको छ ।

इमेज अवार्डमा गीत–संगीतको क्षेत्रमा योगदान पुर्‍याउने एकजना कालजयी स्रष्टालाई सम्मान गर्ने परिपाटीअनुसार यो वर्षको ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड वरिष्ठ संगीतकार गणेश रसिकलाई प्रदान गरिने छ ।

२०७१ असार १ गतेदेखि २०७२ साल जेठ मसान्तभित्रका गीत–संगीतलाई समावेश गरी छनोट गरिएको हो ।

इमेज च्यानलले विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले इमेज अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

इमेज अवार्डले इमेज च्यानलको गरिमा बचाइराख्न पनि सहयोग पु¥याएको उनले बताए ।

आगामी फागुन १ गते आयोजना हुने इमेज अवार्डको प्रत्यक्ष प्रसारण इमेज च्यानल, इमेज एफएम ९७.९, इमेज न्यूजएफ एम १०३.६ र इमेजखबर डटकमबाट हुने पनि कार्यक्रममा जानकारी दिइयो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell