top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

वैद्यसँगै दाहालले भने–‘मुलुक जोगाउन सच्चा कम्युनिष्टहरुबीच एकता अपरिहार्य’  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  3:31 PM  |  Viewed: 2206 times

काठमाडौं, माघ ७ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक जोगाउनकै लागि भएपनि सच्चा कम्युनिष्टहरुबीच एकताको विकल्प नरहेको बताएका छन् ।

विहीबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले कम्युनिष्टहरु छिन्नभिन्न हुँदा विभिन्न आन्दोलनका उपलब्धि संस्थागत गर्न कठिनाइ भएको भन्दै राष्ट्रिय स्वाधीनता रक्षाका लागि कम्युनिष्टहरुको एकता अपरिहार्य बनेको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले पनि अहिले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता जस्ता विषय खतरामा परेको भन्दै सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले अहिलेको सरकार आम जनताको आवश्यकता पूरा गर्न असफल भएको बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell