top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

नक्कली नोट बनाउने गिरोहका ६ जना पक्राउ  |  Published: January 21, 2016  |  बिहीवार 7 माघ, 2072  |  7:05 PM  |  Viewed: 1067 times

रौतहट, माघ ६ । रौतहटमा नक्कली नोट बनाउने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।

नक्कली नोट बनाउने मेसिन र ४९ हजार ५ सय रुपैयाँ बराबरका जाली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौर–९ का रामप्रवेश यादव, धनुषा देउपुरा–७ का मनोजकुमार महतो, गौर नगरपालिका–४ का जुगलकिशोर कुश्वाह, सखुअवा धमौरा–३ का नारायण चौधरी, चन्द्रपुर नगरपालिका–१३ बलुवाका ओसि महम्मद र भारत घोडासाहनका अभयकुमार रहेका छन् ।

प्रहरी निरीक्षक रामप्रकाश चौधरीको टोलीले गिरोहकै सदस्य नारायण चौधरीको धमौरास्थित घरबाट जाली नोट तयार गर्ने फोटोकपी मेसिन, विभिन्न रंगहरु र कटिङ गरिएका कागज पनि बरामद गरेको जनाइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell