top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

१३० वर्षपछि जोडियो हिन्दु धर्मावलम्बीको पुजनीय मूर्तिको टाउको  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  8:06 AM  |  Viewed: 4861 times

कम्बोयडिया, माघ ८ । कम्बोडियाको फोम दा मन्दिरमा रहेको हिन्दुहरुको पुजनीय भगवानको एक मुर्तिको टाउको १३० वर्षपछि जोडिएको छ ।

सो मूर्तिको टाउको फ्रान्सेली शोधकर्ताहरुले लगेका थिए । १३० वर्षपछि मूर्तिको टाउको फ्रान्स सरकारले फिर्ता दिएपछि हालै सो मूर्तिले पुनः पूर्णाकार पाएको हो ।

कम्बोडियाको राष्ट्रिय संग्रहालयमा सो मूर्तिको टाउको जोड्ने कार्य पुरा भएको छ ।

सो मूर्ति हरिहर भगवानको हो । हरिहरलाई निर्माण र विध्वंशको देवता मानिन्छ । भगवान विष्णु र शिवको संयुक्तावतारका रुपमा हरिहरलाई लिने गरिन्छ ।

सातौं शताब्दीमा बनाइएको भगवान हरिहरको मूर्ति कम्बोडियाको टेको प्रान्तको दक्षिणी भागमा रहेको फोम दा मन्दिरमा राखिएको थियो । फ्रान्सबाट आएका केही शोधकर्ताले सन् १८८२ र १८८३ का बीचमा सो मूर्तिको टाउको लगेका थिए ।

उक्त मूर्तिको टाउको फ्रान्सको गुमेट संग्रहालयमा राखिएको थियो ।

विगत दुई दशकयता कम्बोडिया सरकारले विभिन्न मुलुकमा पुगेका आफ्नो सांस्कृतिक सम्पदा फिर्ता माग गर्दै आएको थियो ।

उल्लेखनीय छ, कम्बोडियामा कयौं शताब्दीसम्म हिन्दु सम्राटले शासन गरेका थिए । सोही क्रममा त्यहाँ हिन्दु देवीदेवताका मूर्ति स्थापना गरिएका थिए । कालान्तरमा त्यहाँ बौद्ध धर्मको प्रभाव बढ्यो । त्यहाँको ९० प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बीको रहेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell