top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

जर्मनी बन्यो विश्वकै उत्कृष्ट मुलुक, विधागत रुपमा अग्रस्थानमा रहेका मुलुक यी हुन्  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  9:48 AM  |  Viewed: 7456 times

लन्डन, माघ ८ । विश्वकै उत्कृष्ट देश जर्मनी बनेको छ । स्वीटजरल्याण्डको दाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक शिखर सम्मेलनमा जारी गरिएको तथ्यांक अनुसार जर्मनी विश्वकै उत्कृष्ट मुलुक भएको हो ।

विभिन्न मापदण्डका आधारमा गरिएको मूल्यांकनबाट जर्मनी उत्कृष्ट मुलुक भएको जनाइएको छ । बलियो अर्थव्यवस्था, विश्वलाई नै प्रभावित गर्न सफल र प्रवासी संकट एवं युरोजोन एकताका रुपमा महत्वपूर्ण वैश्विक मुद्दामाथि आफ्नो ध्यान केन्द्रीत गर्न सफल भएका कारण नै जर्मनी उक्त सूचीको पहिलो नम्बरमा रहेको बताइन्छ ।

उक्त सूचीको दोस्रो नम्बरमा क्यानाडा रहेको छ । त्यसैगरी बेलायत, अमेरिका र स्वीडेन उक्त सूचीको क्रमशः तेस्रो, चौथो र पाँचौं नम्बरमा रहेका छन् ।
अस्ट्रेलिया, छैठौं, जापान सातौं, फ्रान्स आठौं, नेदरल्यान्ड्स नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

व्यापारको सम्भावना, शक्ति र गुणस्तरीय जीवन, सांस्कृतिक प्रभाव, उद्यमशीलता, लगायत विभिन्न विषयका आधारमा गरिएको सर्वेक्षणको नतिजास्वरुप सर्वश्रेष्ठ मुलुकको सूची तयार पारिएको जनाइएको छ । उक्त सूचीमा ६० मुलुक समावेश छन् ।

समुन्नत भविष्यका लागि भने चीन पहिलो नम्बरमा रहेको छ । त्यसैगरी जर्मनी दोस्रो र अमेरिका तेस्रो नम्बरमा रहेका छन् ।

व्यावसाय सुरुवात गर्नका लागि उत्कृष्ट मुलुकको पहिलो सूचीमा थाइल्याण्ड रहेको छ । उक्त सूचीको दोस्रो नम्बरमा मलेसिया र तेस्रोमा फिलिपिन्स रहेको छ ।

लगानीका लागि उत्कृष्ट मुलुकको सूचीमा पहिलो नम्बरमा भारत, दोस्रोमा सिंगापुर र तेस्रोमा भियतनाम रहेका छन् ।

शिक्षाका लागि पहिलो नम्बरमा बेलायत, दोस्रोमा क्यानाडा र तेस्रोमा अमेरिका परेका छन् ।

बालबालिकाका लागि पहिलो नम्बरमा स्वीडेन, दोस्रोमा डेनमार्क र तेस्रोमा क्यानाडा रहेका छन् भने अवकाशपछिको जीवन बिताउन उपयुक्त मुलुकको सूचीमा पहिलो नम्बरमा कोस्टा रिका रहेको छ भने दोस्रोमा आयरल्याण्ड, तेस्रोमा क्यानाडा रहेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell