top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

प्रधानमन्त्री ओलीको बचाउ गर्दै दाहालले उठाए नयाँ सरकार गठनको मुद्दा  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  10:53 AM  |  Viewed: 7160 times

पोखरा, माघ ८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै नयाँ सरकार गठनको मुद्दालाई फेरि उठाएका छन् । उनले मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री बाधक नभएको बताए ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मधेसका समस्या समाधान गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ता विरोधी भन्न नमिल्ने बताएका हुन् ।

उनले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेस आन्दोलनले उठाएका विषय सम्बोधन हुने र त्यसपछि वीरगन्ज नाका पनि सुचारु हुने जानकारी दिए ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले मुलुकका सम्पूर्ण समस्या समाधानका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता रहेको बताए । एउटा सरकार जाने र अर्को आउँदैमा समस्या समाधान नहुने भन्दै उनले राष्ट्रिय सरकार गठन भए सबै समस्या समाधान हुने बताए ।

दाहालले यसअघि पनि राष्ट्रिय सरकार गठनको खाँचो औंल्याएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell