top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

११ वर्षीय बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा अर्का एकजना पक्राउ  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  1:58 PM  |  Viewed: 922 times

जलेश्वर, माघ ८ । महोत्तरीको जलेश्वर नगरपालिका १२ मलिवाराका ११ बर्षीय निश्चल पाण्डेको अपहरणपछि हत्या गरिएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

बालक हत्याको आरोपमा महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका ८ रतवाराका २५ बर्षीय शिवम चौधरीलाई पक्राउ गरेको हो । उनलाई भारत, बिहारको मुजफ्फरपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बालकको परिवारसँग भारतीय ३० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानको क्रममा खुुल्न आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत बिहीबार जलेश्वर नगरपालिका १२ मलिवाराबाट अपहरित बालकको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । बालक अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell