top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive

कर्णको आक्रोश–‘सरकार दमनमा उत्रियो’  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  2:22 PM  |  Viewed: 1702 times

काठमाडौं, माघ ८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसदको शुक्रबारको बैठक बहिस्कार गरेका छन् ।

सभामुख ओनसरी घर्तीले संसदको बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै मधेस केन्द्रित दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिएपछि सांसद कर्णले मोरङमा बिहीबार सरकारका तर्फबाट दमन गरिँदा तीनजनाको ज्यान जानुका साथै ३० जना आन्दोलनरत् पक्षका व्यक्ति घाइते भएको भनी आक्रोश व्यक्त गरे ।

उनले भने–‘मधेसमा आन्दोलन चलेको पाँच महिना भयो । मधेसी, आदिवासी र जनजातिको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै सरकार दमनमा उत्रेको छ ।’

मोरङमा बिहीबार भएको घटनामा द्रौपदी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको गोली लागी मृत्यु भएको जानकारी दिँदै नेता कर्णले मोरङको अर्काे घटनामा युवा संघका कार्यकर्ताले सांघातिक हमला गरी सद्भावना पार्टीका प्रवक्तालाई गम्भीर घाइते बनाएको बताए ।

सरकारले मधेसमा दमन र आतंक फैलाउने काम गरिरहेको भएपनि आफूहरु वार्तामा सहभागी भइरहेको उनको भनाइ थियो ।

उनले ‘जुन दिन निर्णायक वार्ता भनेको छ, त्यही दिन घोर दमनका घटना घटाउने सरकार सहमति चाहँदैन भन्ने यो घटनाबाट पुष्टि हुन्छ’–भने ।

तराई–मधेसको मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन होस् भन्दै उनले सदनमा पेस भएको संविधान संशोधन विधेयकले मागलाई सम्बोधन गर्न नसक्ने भएकाले संघी समाजवादी फोरम नेपाल, तमलोपा, तराई मधेस संघीय सद्भावना पार्टीलगायतका तर्फबाट बैठक बहिस्कारको घोषणा गरे । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell