top
ImageKhabar
मंगलवार, 3 मंसिर, 2076 Tuesday, November 19, 2019

ImageKhabar Archive

गिरिजाको निधनपछि सबै जिम्मेवारी मेरो काँधमा : देउवा  |  Published: January 22, 2016  |  शुक्रबार 8 माघ, 2072  |  5:21 PM  |  Viewed: 1177 times

नवलपरासी, बुटवल, माघ ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब पार्टीभित्रको किचलो र गुटबन्दी आफूले अन्त्य गर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला र आफूले पार्टी एकीकरण गरेको स्मरण गर्दै कोइरालाको निधनपछि सबै जिम्मेवारी आफ्नो काँधमा आएको जिकिर गरे ।

शुक्रबारै नवलपरासीको सुनवलमा निर्माण भएको नगरसमिति कार्यालय उद्घाटन गर्दै देउवाले कांग्रेसलाई एकताबद्ध गराउँदै गुट–उपगुटको राजनीतिको अन्त्य गर्न आफूले मात्रै सक्ने दाबी गरे ।

मधेसीहरुको आन्दोलनले अहिले देश अन्त्यन्तै नाजुक अवस्थामा गुज्रिरहेको देउवाको भनाइ थियो ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell