top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

यी हुन् ३४ लाख बढी ठग्ने ‘ठग’ ! कसरी गरे ठगी ? (भिडियोसहित)  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  11:04 AM  |  Viewed: 3408 times

काठमाडौं, माघ ८ । विभिन्न प्रहरी अधिकृतहरुको आवश्यकता देखाइ ११ जना व्यक्तिहरुबाट ठूलो रकम ठगी गर्ने तीनजना ‘ठग’लाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका ठगहरुमा कालीकोटको पुर्कोट–५ का ३४ वर्षीय सतल महतारा, कालीकोटको शिवसाना–२ का २६ वर्षीय नेत्रबहादुर शाही र गोरखा गुम्दा–५ का ४० वर्षीय विकास गुरुङ रहेका छन् ।

उनीहरुले प्रहरीमा जागिर लगाइदिने भन्दै ११ जनाबाट ३४ लाख ४० हजार रुपैयाँभन्दा बढी रकम ठगेका थिए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सतल महताराको कोठाबाट प्रहरी हेडक्वाटरबाट प्रकाशित भएको सूचना, छनोट भएका ४६ जना व्यक्तिहरुको नामावली रहेको नक्कली कागजातसमेत फेलापारेको जानकारी दिए ।

यस्तै, राजधानीका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ‘पेशेवर’ चोरको कोठामा खानतलासी गरी बरामद भएका सामग्री पनि प्रहरीले सार्वजनिक गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell