top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

तराईका जनता संविधानप्रति खुशी छन, सरकारप्रति रुष्ट: केशव सिहं  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  9:53 AM  |  Viewed: 1094 times

काठमाडौं, माघ ९ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेवि संघका पूर्व सभापति केशव सिहंले तराई–मधेसका जनता नयाँ संविधानप्रति असन्तुष्ट नरहेको बताएका छन ।

उनले तराईका जनता वाहिर हल्लामा आएजस्तो संविधानप्रति असन्तुष्ट नरहेको स्पष्ट पारे । हालै कपिलबस्तुल, दाङ, रुपन्देहीलगायतका जिल्लाहरुको भ्रमण सकेर डडेल्धुरा पुगेका सिहंले हामीसँगको कुराकानीका क्रममा तराईका जनता सरकारसँग आक्रोशित छन तर संविधानप्रति नरहेको बताए ।

तराईका जनताले आन्दोलनका कारण विद्यालय बन्द भएको, रोजीरोटीमा समस्या परेकोप्रति गुनासो गर्दै यो सबै समस्याको निकास कांग्रेसको नेतृत्वले गर्नुपर्ने सुझाव आफूले पाएको बताए ।

शिर्ष तहमा निहीत स्वार्थका कारण तराईका जनताले दुःख पाइरहेको, मधेसीले गोली खानुपरिरहेको, घरमा आगजनी गर्ने गरेको घटनाले सर्वसाधारणहरु सरकारप्रति रुष्ट बनेको सिहंले जानकारी गराए ।

उनले तराईको समस्या समाधानका लागि कांग्रेसले अग्रसरता लिन कार्यकर्ताहरुले सुझाव दिएको सुनाए । ‘तराईका सामान्य नागरिकमा कांग्रेसप्रति विश्वास छ र संविधान अग्रगामी भएको जनमत मैले स्थलगत भ्रमणका क्रममा पाएको छु,’ उनले भने–‘कांग्रेसप्रति तराईबासीको मोहभंग भएको भन्ने हल्ला सरासर गलत छ ।’

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell