top
ImageKhabar
बुद्धबार, 25 मंसिर, 2076 Wednesday, December 11, 2019

ImageKhabar Archive

सभापति कोइरालाद्वारा फुटबल टोलीलाई बधाई  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  11:46 AM  |  Viewed: 1272 times

काठमाडौं, माघ ९ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा बधाई दिएका छन् ।

उनले शनिबार एक विज्ञप्ति जारी गरी बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरेका हुन ।

सभापति कोइरालाले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुका साथै अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति आफू र आफ्नो पार्टीको तर्फबाट हार्दिक बधाई दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

उनले आगामी दिनमा पनि फूटबलको प्रगति र प्रवद्र्धन हुने आशा व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell