top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

इङ्लिश प्रिमियर लिगमा आज राति यसरी हुँदैछ भिडन्त  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  11:58 AM  |  Viewed: 2369 times

काठमाडौं, माघ ९ । इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आज ८ खेल हुदैछन् । २३ औं चरणको खेल अन्तर्गत नेपाली समय अनुसार साँझ ६ः३० बजे लिभरपुलले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रिमियर लिग फुटबल अन्तर्गत राती पौने ९ बजे क्रिष्टल प्यालेस र टोटनहाम हट्स्पर, लेष्टर सिटी र स्टोक सिटी तथा म्यान्चेष्टर युनाइटेड र साउथह्याम्पटन भिड्दै छन् ।

यस्तै, सोही समयमा सण्डरल्याण्ड र एएफसी बर्नमाउथ, वार्टफोर्ड र न्युकासल युनाइटेड तथा वेष्टब्रोमविच आल्बियन र एस्टन भिल्ला पनि आमने सामने हँदै छन् ।

प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आजै राती सवा ११ बजे वेष्टहाम युनाइटेडले घरेलु मैदानमा म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । २२ औ चरणका खेलहरु सकिदासम्म अङ्क तालिकामा समान ४४ अंक जोडेका आर्सनल र लेष्टर सिटी क्रमशः पहिलो दोस्रो स्थानमा छन् ।

४३ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो तथा ३९ अंक जोडेको टोटनहाम हट्स्पर चौथो स्थानमा छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell