top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

माफिया र डनतन्त्रले नेपाली खेलकुदको बदनाम गराएः मन्त्री मण्डल  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  12:43 PM  |  Viewed: 727 times

सुनसरी, माघ ९ । आगामी फागुन १७ गतेदेखि पूर्वाञ्चलमा गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको छ ।

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समयमा बजेट निकासा नभएको भन्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो बर्ष पनि अनिश्चित बनेको बताए ।
खेलकुद पत्रकार मञ्च सुनसरीले शनिबार धरानमा गरेको पत्रकार सम्मेलनमा मन्त्री मण्डलले माफिया र डनतन्त्रले नेपाली खेलकुदको बदनाम गराएको आरोप लगाए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समय नै गर्न पटक पटक अर्थमन्त्रालयलाई आग्रह गर्दा समेत बजेट निकास नगरेका कारण यो बर्ष पनि प्रतियोगिता संचालन गर्ने संभावना कमजोर बनेको उनको भनाई थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell