top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

सत्तारुढ दल र कांग्रेस संविधान संशोधन विधेयक पारित गर्न सहमत  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  1:51 PM  |  Viewed: 919 times

काठमाडौं, माघ ९ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्न सहमत भएका छन् ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले मधेशका मुद्दा सम्बोधन गर्नका लागि विधेयक पारित गर्ने निर्णय गरेको हो ।

style="text-align: justify;">दलहरुबीच विधेयक पारित गर्ने बिषयमा केही मतभेद देखिए पनि अन्ततः पारित गरी अघि बढ्न सहमत भएका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विधेयकका विषयमा भाषा मिलाउनका लागि कार्यदल र कानुन मन्त्री अग्नी खरेललाई जिम्मेवारी दिने निर्णय भएको बताए ।

उपसभापति पौडेलले मधेसी दलहरुलाई पनि विधेयकमा सहमत गराउन सत्तारुढ दल र आफ्नो पार्टीले समेत भूमिका खेल्ने बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell