top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

विजेता स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा भव्य स्वागत्  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  5:56 PM  |  Viewed: 6878 times

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारणलगायतले खेलाडीको भव्य स्वागत गरेका हुन् ।

बाजागाजासहित फूलको गुच्छा र खादा बोकेर गएका सर्वसाधारणले खेलाडीको स्वागतमा नाराबाजीसमेत गरेका छन् ।

खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिने कार्यक्रम छ ।

यसैगरी, शनिबारै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुसँग भेट गरी बधाइ दिने कार्यक्रम छ ।

शुक्रबार भएको फाइनलमा नेपालले बहराइनलाई ३–० ले हराएर उपाधि जितेको थियो । नेपालले पछिल्लो २३ वर्षमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell