top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

नेपाल पाकिस्तानसँग ११० रनले पराजित  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  4:43 PM  |  Viewed: 4394 times

काठमाडौं, माघ ९ । बंगलादेशमा हुँदै गरेको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

शनिबार बंगलादेशको सभारमा भएको खेलमा नेपाल १ सय १० रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा २ सय ९१ रन बनायो ।

जिशान मलिकले ८३ रन बनाएको इनिङमा सन्दीप लामिछानेले ३ तथा प्रेम तामाङ र सुशील कणेलले समान २–२ विकेट लिए ।

जवाफमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८१ रनमात्र बनायो । दीपेन्द्र सिंह ऐरीले ४० बलमा ४२ रन जोडे भने आरिफ शेखले ३५ रनको योगदान दिए ।

माघ १३ गतेदेखि सुरु हुने विश्वकपअघि नेपालले अब सोमबार श्रीलंकासँग दोस्रो तथा अन्तिम अभ्यास खेल्नेछ ।

अन्य अभ्यास खेलमा भारतले क्यानडालाई ३सय ७२ रनले, इंग्ल्यान्डले नामिबियालाई १ सय ५५ रनले, अफगानिस्तानले आयरल्यान्डलाई १ सय २६ रनले, बंगलादेशले जिम्बावेलाई ६३ रनले तथा न्यूजिल्यान्डले श्रीलंकालाई ४ विकेटले हराए ।

१६ टिम सहभागी विश्वकपको नेपालको समूहमा भारत, न्यूजिल्यान्ड र आयरल्यान्ड रहेका छन् ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell