top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

रंगेली घटनाः मोर्चा र युवा संघ आरोप–प्रत्यारोपमा उत्रिए ध्रव भट्टराई (इमेज)  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  7:50 PM  |  Viewed: 4293 times

विराटनगर, माघ ९ । मोरङको रंगेलीमा विहीबार भएको घटनालाई लिएर एमालेको भ्रातृ संगठन युवा संघ र आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

रंगेली घटनामा प्रहरीको गोली लागी तीनजनाको मृत्यु भएपछि दुबै पक्षले घटनाको दोष एक–अर्कोलाई लगाएका हुन् ।

मोर्चाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी घटनाको सम्पूर्ण जिम्मेवारी युवा संघले लिनुपर्ने बताएको छ ।

शुक्रबार राजधानीमा युवा संघले रंगेली घटना मोर्चाका कारण भएको आरोप लगाएको थियो ।

मोर्चाले युवा संघ तथा एमालेले रंगेली घटनाप्रति माफी माग्नुपर्नेसमेत माग राखेको छ ।

मोर्चाका मोरङ संयोजक राजकुमार यादवले आफूहरुले रंगेलीमा युवा संघले कार्यक्रम गर्नुभन्दा अगावै कार्यक्रम घोषण गरेको दाबी गरे ।

उनले पुस २१ गतेकै मोर्चाको बैठकले रंगेलीमा माघ ७ गते कार्यक्रम गर्ने घोषण गरिसकेको अवस्थामा युवा संघले सोही स्थान र मितिमा कार्यक्रम राख्नुले घटना नियोजित भएको बताए ।

मोर्चाले रंगेली घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकारसँग माग गरेको छ ।

त्यसैगरी, रंगेली घटनामा ज्यान गुमाएकालाई तत्काल सहिद घोषणा गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न तथा घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नसमेत मोर्चाले माग गरेको छ ।

आफ्ना माग पूरा नगरेसम्म घटनामा ज्यान गुमाएकाहरुको शवसमेत नबुझ्ने चेतावनी मोर्चाले दिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell