top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

‘ज्यानमाया’ म्यूजिक भिडियो सार्वजनिक  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  5:37 PM  |  Viewed: 1235 times

काठमाडौं, माघ ९ । ‘सुर्के थैली’को लोकप्रियतापछि संगीतकार राजनराज शिवाकोटीको संगीत तथा गायिका अन्जु पन्तले गाएको गीत ‘ज्यानमाया तिमीलाई’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार राजानीमा एक समारोहबीच सार्वजनिक गरिएको भिडियोको उक्त गीतमा राजुबाबु श्रेष्ठको रचना रहेको छ । गीतमा गायिका पन्तले गायक उत्तम थापा ‘युडी’को साथ पाएकी छन् ।

गायक युडीको एल्बम ‘कखरा’मा समावेश लोकपप उक्त गीतको म्यूजिक भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् ।

भिडियोमा गम्भीर विष्ट र वर्षा राउतले अभिनय गरेका छन् । गम्भीर विष्टकै नृत्य निर्देशन रहेको म्यूजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भरत रेग्मीले सम्पादनले गरेको भिडियोलाई यु–ट्युबमार्फत् पनि रिलिज गरिएको छ ।

गायक उत्तम थापाको एल्बम कखरामा कुल ६ ओटा गीत रहेका छन् । तीमध्ये चारओटामा राजनराज शिवाकोटीको संगीत छ भने हरि लम्साल र गायक युडीको संगीतमा एक–एकओटा गीत रहेका छन् ।

गीतहरुमा भवानी पोखरेल, राजुबाबु श्रेष्ठ, राजनराज शिवाकोटी र उत्तम थापा युडीको शब्द रचना छन् ।

म्यूजिक भिडियो रिलिज समारोहमा एल्बम पनि लोकार्पण गरिएको थियो । एल्बम कखरालाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार अर्जुन पोखरेलसहित एल्बम तथा म्युजिक भिडियोमा आबद्ध सबैले एकैसाथ गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell