top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

आयोजक सहारा सेमिफाइनलमा  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  6:40 PM  |  Viewed: 1725 times

पोखरा, माघ ९ । आयोजक सहारा क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा पाहुना टोली युनाइटेड सिक्किम एफसी भारतलाई २–० ले हराउँदै सहारा क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

सहाराको जित ५९औं मिनेटमा एल्भिसले तथा ८८ औं मिनेटमा शिव सुवेदीले गोल गरे ।

विजेता सहाराले अब फाइनल प्रवेशका लागि माघ १३ गते त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिम भिड्ने छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell