top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

विजेताको भव्य स्वागत् (फोटोफिचर)  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  6:22 PM  |  Viewed: 1767 times

काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसहित नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ ।

पूर्वखेलकुदमन्त्री एवं सांसद पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद )राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारणलगायतले खेलाडीको भव्य स्वागत् गरेका हुन् ।

बाजागाजासहित फूलको गुच्छा र खादा बोकेर गएका सर्वसाधारणले खेलाडीको स्वागतमा नाराबाजीसमेत गरेका थिए ।

खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुर्‍याएर अभिनन्दन गरिएको छ ।

तस्वीहरुः प्रदीपराज वन्त/रासस ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell