top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नाकाबन्दी केही दिनमै खुल्छ : दाहाल  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  6:28 PM  |  Viewed: 2908 times

हेटौंडा, माघ ९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनैपनि विदेशी शक्तिसँग नझुकी पहिलोपटक नेपालमा संविधान जारी भएकाले नाकाबन्दीलगायतका चुनौती सामना गर्नुपरेको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको ४९औं साधरणसभामा शनिबार हेडौंडामा बोल्दै अध्यक्ष दाहालले अब केही दिनमै नाकाबन्दी खुल्ने दाबी गरे ।

नाकाबन्दी खुलाउन देशलाई घात हुने कुनै सम्झौता नगरिने भन्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएसँगै मधेसी दलको आन्दोलन पनि सकिने जिकिर गरे ।

उनले अब मुलुकले विस्तारै नयाँ गति लिने र सुन्दर नेपाल निर्माण अभियान सुरु गर्नुपर्ने पनि बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell