top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

इरान–चीनबीच आर्थिक र राजनीतिक सम्बन्ध थप सुदृढ गर्ने सहमति  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  6:38 PM  |  Viewed: 1425 times

काठमाडौं, माघ ९ । इरान र चीनले आर्थिक र राजनीतिक सम्बन्ध थप सुदृढ गर्ने भएका छन् ।

तेहरान भ्रमणमा क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति हसन रुहानीबीच भएको वार्तापछि सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको हो ।

६ खर्ब डलरको व्यापार विस्तारलगायतका विषयका सम्बन्धमा दुई नेताले १७ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।
/>
इरानी राष्ट्रपति रुहानीले चिनियाँ राष्ट्रपतिले विस्तृत २५ वर्षे रणनीतिक दस्तावेजमा हस्ताक्षर गरेको जानकारी दिए । चीन इरानको ठूलो व्यापारिक साझेदार हो ।

गत हप्ता अन्तर्राष्ट्रिय समुदायले इरानविरुद्धको प्रतिबन्ध हटाएपछि तेहेरान पुग्ने सी पहिलो विदेशी नेता बनेका छन् ।

इरानले आफ्नो आणविक गतिविधिलाई सीमित गर्ने सहमति गरेको थियो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell