top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

संविधान संशोधनमा सहमति नजुट्दा संसद बैठकमा विलम्व  |  Published: January 23, 2016  |  शनिबार 9 माघ, 2072  |  7:32 PM  |  Viewed: 921 times

काठमाडौं, माघ ९ । प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा शनिबार साँझसम्म सहमति हुन नसक्दा व्यवस्थापिका–संसद बैठक प्रभावित भएको छ ।

उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा साँझ ७ बजेसम्म अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

संविधान संशोधनका लागि मूल संशोधनसहित २४ ओटा संशोधन प्रस्ताव परेका छन् । कुन प्रस्तावलाई समेटेर अघि बढ्ने भन्ने विषयमा नै केन्द्रित रहेर प्रमुख दलहरुबीच छलफल भइरहेको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री केपी ओलीसहित अन्य दलका शीर्ष नेता, सचेतक र कार्यदलका पदाधिकारी सहमतिको प्रयासमा जुटिरहेका छन् । रासस

फाइल फोटो


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell