top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

स्टोक सिटीलाई हराएपछि लेष्टर सिटी शीर्ष स्थानमा उक्लियो  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  7:54 AM  |  Viewed: 1179 times

काठमाडौं, माघ १० । स्टोक सिटीलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राती भएको खेलमा लेष्टर सिटीले स्टोक सिटीलाई ३-० ले हरायो । जितसँगै लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई उछिनेको छ । लेष्टर सिटीको २३ खेलबाट ४७ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ४४ अंक छ ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा साउथह्याम्पटनले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराउँदा वेष्टह्याम युनाईटेड र म्यान्चेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।

यसैगरी लिभरपुलले नर्वीच सिटीलाई ५-४ ले पराजित गर्दा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ३-१ ले पाखा लगायो ।

सण्डरल्याण्ड र बर्नमाउथले १-१ गोलको बराबरी खेल्दा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २-१ ले पराजित गर्‍यो ।

यसैगरी वेष्ट ब्रोम र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् । इङ्गलिस प्रिमियर लिग फुटबलमा आइतबार राती दुई खेल हँदै छन् । आज एभर्टन र स्वान्सी सिटी भिड्दा आर्सनलले चेल्सीको सामना गर्नेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell