top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

आहा–रारा गोल्डकपमा आज मनाङ मस्र्याग्दी र गोर्खा ब्रिगेड भिड्ने  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  9:28 AM  |  Viewed: 945 times

पोखरा, माघ १० । पोखरामा जारी १४ औं आहा–रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाईनल खेलमा आज मनाङ मस्र्याग्दी क्लव र भारतीय आर्मीको गोर्खा ब्रिगेड भिड्दै छन् ।

मनाङलाई सिधै प्रतियोगिताको क्वाटरफाईनलमा स्थान दिईएको हो भने गोर्खा ब्रिगेडले सशस्त्र प्रहरीको एपिएफ टिमलाई हराएको हो ।

उता, आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा पाहुना टोली युनाईटेड सिक्किम एफसी भारतलाई २–० ले हराउँदै सहारा क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

विजेता सहाराले अब सेमीफाईनलमा आर्मी क्लव र थ्रीस्टारबीच हुने क्वाटरफाईनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell