top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

मेसी र अल हादादीको गोलले बार्सिलोना शीर्ष स्थानमा फर्कियो  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  12:17 PM  |  Viewed: 2418 times

काठमाडौं, माघ १० । स्पेनिस फुटबल लिग ला लिगामा दाबेदार बार्सिलोना शिर्ष स्थानमा फर्किएको छ । शनिबार राती सम्पन्न खेलमा मालागालाई २–१ ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो ।

मालागाको मैदानमा भएको खेलमा बार्सालाई बिजयी गराउन लियोनल मेसी र अल हादादीले समान १–१ गोल गरे । जितसँगै अंक तालिकाको शिर्ष स्थानमा फर्किएको बार्सिलोनाले २० खेलबाट ४८ अंक बटुलेको छ ।

ला लिगा फुटबलमा आज दोस्रो स्थानको एथलेटिको मड्रिडले सेभियाको सामना गर्दै छ । नेपाली समय अनुसार राती पौने ९ बजे घरेलु मैदानमा हुने खेल जिते बार्सिलोनालाइ पछाडी पार्दै एथलेटिको मड्रिड शिर्ष स्थानमा फर्किने छ ।

एथलेटिकोले अंक तालिकामा २० खेलबाट ४७ अंक जोडेको छ । ला लिगा फुटबलमा आजै राती अर्को दाबेदार रियल मड्रिडले रियल बेटिससँग प्रंतिस्पर्धा गर्दैछ । खेल राती सवा १ बजे रियाल बेटिसको मैदानमा हुँदैछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell