top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

‘नयाँ शक्ति’को केन्द्रिय परिषद घोषणा, यी हुन नयाँ शक्तिका सारथीहरु  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  2:17 PM  |  Viewed: 6350 times

काठमाडौं, माघ १० । बाबुराम भट्टराईको नेतृत्वमा गठन हुन लागेको भनिएको नयाँ राजनीतिक शक्तिले ३५ सदस्यीय अन्तरिम केन्दीय परिषद् घोषणा गरेको छ ।

काठमाडौमा आज एक कार्यक्रम गरी भट्टराईले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित परिषद्को घोषणा गरेका हुन् । अहिले ३५ सदस्यीय परिषद् घोषणा गरिएपनि यसलाई विस्तार गरी २ सय ६५ सदस्यीय पुर्‍याउने लक्ष्य लिएको उनको भनाई छ ।

परिषद् मा चलचित्र क्षेत्रका नायक सरोज खनाल, नायिका करिश्मा मानन्धर, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्र, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राईलगायत छन् ।

परिषद्ले केही महिनाको गृहकार्यपछि राजनीतिक दस्तावेज तयार गर्ने र त्यसलगत्तै नयाँ पार्टी घोषणा गर्ने भट्टराईले जानकारी दिए ।

परिषद घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरी पनि पुगेका थिए । उनले आफू नयाँ शक्तिमा प्रवेश गरेको नभै भट्टराईको अभियानलाई शुभकामना दिन आएको बताए ।

एमाओवादी पार्टी परित्याग गरी नयाँ राजनीतिक शक्ति बनाउने घोषणा गरेका बाबुराम भट्टराईले नयाँ शक्तिको लक्ष्य विकास र संबृद्धि हुने दाबी गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell