top
ImageKhabar
शनिबार, 17 जेष्ठ, 2077 Saturday, May 30, 2020

ImageKhabar Archive

संविधान संशोधन त भयो, अब के गर्ला मोर्चाले ? (भिडियो रिपोर्ट)  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  3:31 PM  |  Viewed: 2248 times

काठमाडौं, माघ १० । व्यवस्थापिका संसद्बाट संविधान संशोधन विधेयक पारित भएपछि आन्दोलनरत मधेसी मोर्चा थप आक्रोसित भएको छ । मोरङको रंगेली घटनापछि सरकार र मोर्चाबीचमा बढेको असमझदारी संविधान संशोधन विधेयक पारित भएपछि झनै बढेको छ । मोर्चा नयाँ चरणको आन्दोलनको तयारीमा जुटेको छ ।

प्रमुख दलहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गरिएको बताए पनि आन्दोलनरत मधेसी मोर्चाले भने अहिलेको संशोधनले आफ्ना माग सम्बोधन नगरेको दाबी गरेको छ ।

मोर्चाले आन्दोलन नरोक्ने चेतावनी पनि दिएको छ । मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले आफूहरुले प्याकेजमा सहमति गर्नुपर्ने माग राखेको भए पनि आंशिक रुपमा मात्रै सम्बोधन गर्ने कोशिस गरिएकाले अपुरो संशोधन मान्य नहुने बताए ।

मोर्चाले वार्ताबाट समाधान खोज्नुको साटो आन्दोलनलाई दबाउन बल प्रयोग गरिएको र सरकार स्वयंले बार्ता भाँडेको आरोप लगाएको छ । नेता शुक्लाले सरकारले आफूहरुका आवाज दबाउन खोजे नाका केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिए ।

प्रमुख दलहरुले संविधान संशोधनमार्फत् मोर्चाका माग पूरा भइसकेको दाबी गरेका छन् । तर आन्दोलनरत मोर्चाले आफूहरुका माग सम्बोधन नभएको र थप आन्दोलन गर्ने चेतावनी दिइसकेको अवस्थामा सर्वसाधारणमा भने अन्योल कायमै बढेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell