top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

संविधान संशोधनपछि मधेसवादी दलका नेताले हामीलाई ‘धन्यवाद’ भनेका छन् : दाहाल (भिडियो)  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  3:47 PM  |  Viewed: 3137 times

काठमाडौं, माघ १० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन भएसँगै अब सीमा नाका खुल्ने विश्वास व्यक्त गरेका छन् । उनले मधेसी मोर्चाको आन्दोलनको स्वरुप पनि परिवर्तन हुने दाबी गरे ।

पार्टी मुख्यालय कोटेश्वरमा आज गरिएको कार्यक्रममा अध्यक्ष दाहालले संविधान संशोधनमा मधेसी मोर्चाको समेत समर्थन रहेको दाबी गरे । उनले भने, ‘यद्यपी सीमांकनको बारेमा नटुंगिएसम्म उहाँहरु (मधेसी मोर्चाका नेताहरु) ले स्वागत र समर्थन भन्न सक्ने अवस्था छैन, तर मैले बुझेसम्म मधेसी मोर्चाका नेताहरु पनि भित्रभित्रै खुशी हुनुभएको छ ।’

पछिल्लो चरणमा भइरहेका वार्ता र छलफल उपलब्धिमूलक भएकाले राजनीतिक वातावरण सहज हुने विश्वास व्यक्त गरे । संविधान संशोधनबारे आफूहरुले सहमतिको खाका बनाइसकेपछि मधेसी मोर्चाका नेताहरुलाई सो खाका देखाइएको दाबी गर्दै उनले भने, ‘त्यो हेरेपछि उहाँहरुले हामीलाई धन्यवाद भन्नु भएको थियो ।’

अध्यक्ष दाहालले सबै राजनीतिक दल मिलेर संविधान कार्यान्वयन गर्नुका साथै मुलुकको समृद्धितर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

संविधान निर्माण गर्न, भूकम्पपछिको परिस्थिती सामना गर्न, नाकाबन्दीको स्थिती सामना गर्न, सरकार निर्माण गर्न, राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell