top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

थाइल्याण्डको समुद्री किनारमा विमानको टुक्रा भेटियो, बेपत्ता मलेसियन विमानकै टुक्रा हुन सक्ने आशंका  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  6:45 PM  |  Viewed: 4076 times

बैंकक, माघ १० । दक्षिणी थाइल्याण्डको समुद्री किनारमा एउटा विमानको टुक्रा फेला परेको छ । स्थानीयवासीले फेला पारेको सो टुक्रा झण्डै दुई वर्ष अघि हराएको मलेसियन एअरलाइन्सको ‘एमएच ३७०’ विमानकै हुन सक्ने आशंका गरिएको छ ।

मार्च २०१४ मा दुई सय ३९ जना लिएर बेइजिङका लागि उडेको सो विमान बेपत्ता भएको थियो ।

style="text-align: justify;">थाइल्याण्डको नाखोन सि थाम्मारात प्रान्तको समुद्री तटमा विमानको टुक्रा फेला परेको बताइएको छ । फेला परेको धातुको टुक्रा दुई मिटर चौडा र तीन मिटर लामो छ ।

सो टुक्रा मलेसियन विमानकै भग्नावशेष हो भन्ने पुष्टि भइनसकेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell