top
ImageKhabar
मंगलवार, 28 असोज, 2076 Tuesday, October 15, 2019

ImageKhabar Archive

मनाङमर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  7:11 PM  |  Viewed: 3382 times

पोखरा, माघ १० । मनाङमर्स्याङ्दी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा इण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाई २—० ले पन्छाउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयमा सम्हालिन नसक्दा पाहुना टोली घर फर्किन बाध्य भयो । अतिरिक्त समयको पाँचौ मिनेटमै दोहोरो पहेलो कार्ड खाँदै प्रशान्त गुरुङ मैदानबाट बाहिरिएपछि गोर्खा ब्रिगेड १० खेलाडीमा सिमित भयो । अतिरिक्त समयको छैठौं मिनेटमा अमित तामाङले मनाङका लागि गोलको खाता खोले । लगत्तै १० औं मिनेटमा अर्को गोल गर्दै ओलावाले मनाङलाई सेमिफाईनल प्रवेश गराए ।

आहा रारा गोल्डकपको ईतिहासमा ८ पटक फाईनल पुगेको मनाङले दुई पटकमात्रै उपाधि जितेको छ ।

आजको विजेता मनाङले फाईनल प्रवेशका लागि माघ १४ गते झापा ११ र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश बीचको विजेतासँग प्रतिश्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल त्रिभूवन आर्मी क्लब र थ्रिस्टार क्लब बीच हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell