top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्दैनौं : अर्थमन्त्री  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  7:45 PM  |  Viewed: 374 times

काठमाडौं, माघ १० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । त्यसका लागि नीतिगत एवं कानूनी संरचनामा परिमार्जन आवश्यक भए सरकार तयार रहेको उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले ६४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको बताएका हुन् ।

सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अर्थतन्त्रलाई माथि उकास्न आवश्यक रहेको भन्दै उनले निजी क्षेत्रको हरेक समस्या समाधान गर्न साझा प्रयास गर्नुपर्नेमा पनि जोड दिए ।

भन्सारसहित अन्य प्रणालीमा कमजोरी रहेको स्वीकार्दै मन्त्री पौडेलले कमजोरी सच्याउन सबैले प्रयत्न गर्नुुपर्ने बताए । प्रणालीमा भएको त्रुटीकै कारण व्यवसायीले एउटै कारोबारको पनि तीनवटा बिल बनाउनु परेको गुनासो आएको भन्दै त्यस्तो रहे सुधार गरिनुपर्ने पनि बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले एउटै बिल पेश गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले भन्सारलाई अनलाइन प्रणालीमा लैजान सुझाव दिदै भुकम्प एवं नाकाबन्दीको समयमा भन्सार विभागले निजी क्षेत्रलाई सहजीकरण गरेको बताए ।

चेम्बरले भन्सारमा सुधार गरेको र निजी क्षेत्रलाई सहजीकरण गरेको भन्दै भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालाई सम्मान पनि गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell