top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  8:32 PM  |  Viewed: 15421 times

वासिंटन, माघ १० । अमेरिकाको अलास्का राज्यको दक्षिणी तटमा शक्तिशाली भूकम्प गएको छ । युरोपेली भूमध्य भूकम्प केन्द्रले ७.१ म्याग्निच्यूटको भूकम्प गएको जनाएको छ ।

भूकम्पले आसपासका क्षेत्रसमेत प्रभावित भएको बताइएको छ । स्थानीय समय अनुसार आइतबार बिहान १ः३० मा भूकम्प गएको हो । समुद्री सतहबाट १२३ किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

भूकम्पपछि पराकम्पनसमेत गइरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell