top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

आइतबार कुन नाकाबाट कति भित्रियो इन्धन!  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  8:59 AM  |  Viewed: 7556 times

काठमाडौं, माघ १० । आज दिनभरमा काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट ६४ मालवाहक गाडी नेपाल भित्रिए । यस्तै विराटनगर–जोगबनी नाकाबाट दिनभरमा ४ बुलेट ग्यास, ५ ट्रक औषधि र २०४ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवा सुनौली नाकाबाट ४७ ट्यांकर डिजेल, १८ ट्यांकर पेट्रोल, ४ बुलेट ग्यास, २५४ मालवाहक गाडीमात्र नेपाल भित्रिए । नेपालगञ्ज–रुपैडिहा नाकाबाट १४ ट्यांकर डिजेल, १ ट्याङ्कर पेट्रोल, १ ट्यांकर मट्टितेल, ६ बुलेट ग्याससहित ८७ वटा मालवाहक गाडी नेपाल भित्रिए ।

उता, धनगढीको गौरीफन्टा नाकाबाट बिना अबरोध गाडी नेपाल भित्रिरहेका छन् । तर वीरगन्ज–रक्सौल नाका भने अझै संचालनमा आउन सकेको छैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell