top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

कवि दिनेश अधिकारीको एकल वाचन  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  8:10 AM  |  Viewed: 402 times

धनकुटा , माघ ११ ।भोकले कोही नमरोस्

आसुमा कोही नझरोस्
यो देश सबको प्यारो होस्
अ“ध्यारो छेउमै नपरोस्

कवि तथा गीतकार दिनेश अधिकारीले सनिवार सदरमुकाममा आफ्ना रचना वाचना गर्दै श्रौताको मन तानिरहे । राष्ट्रभाव समेटिएको कविताका हरफ वाचन गरिरह“दा अधिकारी निकै भावुक देखिन्थे । देश कहिल्यै नदुखोस् भन्ने उनले मन छुने आफ्ना भाव पस्किरहे ।सन्दर्भ सदरमुकाममा उनको एकल कविता वाचनको हो ।

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आधि आए तराईमा पहाडले छेक्नुपर्छ
उनको रचनामा रहेको लोकप्रिय गीतकाा अंश पनि पस्किए । स्थानीय सभाहलमा खचाखच भरिएको श्रौतालाई उनले भरपुर आकर्षित गरे । जिल्लामा पहिलो पटक एकल कविता वाचन कार्यक्रम गरिएको थियो ।

देश एउटै हो भन्नुहुन्छ
झन्डा एउटै हो भन्नुहुन्छ
कानुन एउटै हो भन्नुहुन्छ
सरकार एउटै हो भन्नुहुन्छ
तर हामी
किन आकाश पातल जस्तै फरक छौं

उनको नीलो बह शीर्षकको कविताले सिंगो देशको अवस्था चित्रण गरिरहेको थियो । सल्लेरी साहित्य संगमको आयोजनामा भएको उक्त कार्यक्रममा अधिकारीले १४ वटा कविता र ७ वटा गीत प्रस्तुत गरे । कवि अधिकारीले २०३८ सालदेखि हालसम्म रचना गरेका कविता तथा गीत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका अधिकांस कविता तथा गीतमा समसामयिक परिवेश चुर्लुम्म डुबेको पाइन्थ्यो ।

रक्सी बेचें, आलु बेचें, बेचें च्यूरा मासु
सबैभन्दा धेरै बिक्यो जोवनको हा“सो
भट्टी भन्नु त्यस्तै रैछ चल्दो रैछ बैंस
उडेपछि लाली रंग बाधा भयो बाटो

उनले गीतको हरफ पस्किए । जागिरे जीवनका क्रममा देश दर्शनमा पुर्व पश्चिम पुग्दा उनले देखे भोगेका परिवेशलाई गीत र कवितामा उनेको महशुस गर्न सकिन्थ्यो  । २०५६ सालमा मदन पुरस्कार प्राप्त गरेका कवि अधिकारीका दर्जनौं कृति प्रकासन र करिब ३ सय गीत रेकर्ड भइसकेका छन् ।

    यो संझिने मन छ, म बिर्सु कसोरी
     तिमी नै भनि देऊ ए जाने निष्ठुरी

उनले आफ्नो रचना वाचिरह“दा श्रौताले नारायण गोपाललाई समेत संझिए । नारायण गोपालको स्वरमा रहेको उक्त गीतको वाचन पनि उत्तिकै दमदार लाग्थ्यो । प्राज्ञ विवश पोखरेल, कवि तथा अनुवादक सुमन पोखरेल, कवि बद्री विखारी, ज्योति जंगल, हेमन यात्री, रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास लगायत धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, भोजपुर, संखुवासभा लगायतबाट साहित्यकारहरु एकल कविता वाचन कार्यक्रममा पुगेका थिए । यस्तै पुनरावेदन अदालत धनकुटाका न्यायाधिश जीवनहरी अधिकारी, चित्रदेव जोशी, जिल्ला न्यायाधिश शालिग्राम कोइराला, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर लगायत पनि उक्त कार्यक्रममा सहभागी थिए । यसैगरी सनिवार सा“झ विभिन्न जिल्लाबाट सहभागी कविहरुले कविता गोष्ठीमा आफ्ना प्रस्तुति पस्किएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell