top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

चेल्सीले आर्सनललाई हरायो, स्वान्सी सिटी पनि विजयी  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:38 AM  |  Viewed: 1910 times

काठमाडौं, माघ ११ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई १–० ले हराएको छ । आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई महत्वपूर्ण जित दिलाउन डिएगो कोष्टाले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि आर्सनलका डिफेन्डर पर माटेसाकर रातो कार्ड खाई मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा समेटिएको थियो ।

जितपछि चेल्सी २३ खेलबाट २८ अंक जोड्दै अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ । समान खेलबाट ४४ अंक जोडेको आर्सनलले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

आर्सनल तेस्रो स्थानमा छ भने समान ४४ अंक जोडेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेष्टर सिटीको भने ४७ अंक छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा स्वान्सी सिटीले एभर्टनलाई २–१ ले हराएको छ ।

जितपछि २३ खेलबाट २५ अंक जोडेको स्वान्सी सिटी रेलिगेसन क्षेत्रभन्दा माथि १५ औं स्थानमा उक्लिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell