top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

पेरिस आक्रमणमा संलग्नको भिडियो सार्वजनिक  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  12:02 PM  |  Viewed: 3673 times

काठमाडौं, माघ ११ । आतंककारी संगठन इस्लामिक स्टेट आइएसले फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्नको भिडियो सार्वजनिक गरेको छ ।

आतंककारी गतिविधिको निगरानी गर्ने एक समूहले आइएसले गत नोभेम्बरमा गरेको पेरिस आक्रमणमा संलग्न आक्रमणकारी भिडियो अनलाइनमा पोस्ट गरेको जनाएको  छ ।

justify;">भिडियोमा तस्वीर देखाइएको र ती मध्ये ८ जनाको तस्वीर आरोपित आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको निगरानी समूहले जनाएको छ । भिडियोमा पेरिसका विभिन्न ठाउँमा गरिएको आक्रमणको नामसमेत दिइएको छ ।

आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो । भिडियो आफूलाई आइएस बताउने इस्लामिक समूहको मिडिया च्यानलमार्फत् सार्वजनिक गरिएको हो । भिडियोमा चार जना कैदीको टाउको काट्दै गरेको अवस्थामा देखिने विश्लेषकहरुले बताएका छन् ।

भिडियो पेरिस आक्रमणभन्दा पहिला नै रक्का शहरमा खिचिएको हुनसक्ने निगरानी समूहले जनाएको छ । इराकको रक्का शहरलाई आइएसको राजधानीको रुपमा लिने गरिएको छ ।

भिडियोमा देखाइएको एक तस्वीर आक्रमणकारी अब्देलहमिद अबाउदसँग मिल्दोजुल्दो छ । अबाउदलाई आक्रमणको योजनाकारका रुपमा लिइएको छ । बेल्जियम मुलकका अबाउदको पेरिस आक्रमणको केही दिनपछि प्रहरी कारबाहीका क्रममा पेरिसको एक फ्ल्याटमा ज्यान गएको थियो ।

पेरिस आक्रमणपछि अहिलेसम्म ९ जना आक्रमणकारी मारिएका छन् भने दुई जनाको अहिले पनि खोजी भइरहेको छ । फ्रान्सको विदेश मन्त्रालयले यो भिडियोका बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell