top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

पाँच वर्षीय बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  11:19 AM  |  Viewed: 1088 times

दाङ, माघ ११ । पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।

justify;">बालिकालाई ललाइफकाई ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले बताए ।

पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell