top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

बरबादीका सय दिन  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  12:52 PM  |  Viewed: 829 times

नरेन्द्रराज पौडेल - ठट्टा,गफ र हावादारी बात मार्ने हास्यपात्रकोरुपमा लोकप्रिय (?) रहँदैअएका पीएम ओली जीको सरकारले भर्खरै सय दिन पुरा गरेको छ । कामको नाममा प्रशासनिक पूर्वसंरचना भत्काउने बिगार्ने लतार्ने र धुल्याउने कर्ममा उनी माहिर रहे । उप्रिमाथि थुप्रि उपप्रधानमन्त्री नाउँका षड्मुखी जमात खडा गरेर विदेश गएका कामदारले जोहो गरिदिएको राष्ट्यि ढुकुटी सखाप पार्नु उनको अर्को अनुपम पुरुषार्थ रह्यो । बेरोजगारी, अभाव र महँगीले पिल्सिएका जनताको मर्ममा उनी ख्याल ठट्टा र टपर्टुयाँ गफ दिएर नूरानी तेलको मालिश लगाउँदै रहे ।
वर्षौं अघिदेखि वाढीपहिरोमा सर्वस्व गुमाएका अनि यसै वर्षको विनशकारी भूकम्पमा परी पीडित दमित अङगभङग बनेका घाइतेहरुलाई समयमै उपचार र राहत सहायता दिने कार्य भएन । किनभने उनले चिठी लेखेर भूकम्प जो बोलाएका पनि त थिएनन ? अनाथ टुहूरा वृद्धवृद्धाहरुको जीवनरक्षाकोलागि समयमै राहत सहायता पु¥याउन सरकार चुक्यो । उल्टै तिनीहरुलाई खिज्याउने जिस्क्याउने वाँदरशैली यसको पाथमिकतामा परे ।
सुदूर उत्तरी भेगका रोग भोकपीडित र उपचारविहीन जनतालाई तत्काल आवस्यक सहायता पु¥याउने बगम्फुसे गफले सिँगारियो । व्यवहारमा भने उनीहरुकोलागि विदेशीले दिएको चामल दाललगायत खाद्यान्नसमेत वितरण नगरी कति कुहाएर कति बजारमा बिक्ी गरेर सरकार हिन्नेरी बन्यो । पीडित वालवालिका र वृद्धवृद्धाकोलागि दाताले दिएको जाउलो पनि आफनै सरकारले मुख मोसेर खोसिदियो ।  त्यतिमात्र होइन खरो राष्टबादी हुँ भन्दै डीँङ हाँक्ने सरकार आत्मनिर्भर बन्ने कुराको गफ छाँट्न त पछि परेन तर परिणाममा भने ग्यास पेट्रोल र खाद्यान्नको हाहाकार खडा गरेर आम जनतालाई तातो तेलमा डुबाएको छ । देशभित्रका विविध सङ्गीन समस्याहरुप्ति निरपेक्ष र अनभिज्ञ बनेर सरकार पञ्छिदै रह्यो । हस्यौली ठट्यौली र हावादारी गफले जनताको घाउमा नूनचूक लगाउने काम चाहिँ चाहिँदो मात्रामा गरेको छ।
पिलन्धरे खालको साधू विपक्षी पाएर होला संसदीय अभ्यास र मर्यादाको कुनै ख्याल नगरी पार्टी पिच्छेका नेता छोपेर चालीस जनाको जम्वो मन्त्रीमण्डल खडा भएको छ । मनपरी गर्ने प्रयोजनमा सरकार छाडा साँडे शैलीमा पुच्छर ठड्याउँदै छ , चण्डाएको छ । भर्खर लागू भएको नयाँ संविधानका प्रावधानहरुलाई ठाडै उल्लङघन गर्दै जनताको संसदलाई समेत हिटलरी शैलीमा निकम्मा बनाएको छ । देशको व्यापार,कृषि र औद्योगिक क्षेत्र धराशायी भएर उत्पादन घटेको छ । युवा पलायन बढीरहेको छ । व्यपार सहजबनाउने , रोजगारी सिर्जना गर्ने र बन्द उद्योग खुलाउने तर्फ चासो छैन ।  रेमिट्यान्सले भरिदिएको ढुकुटी रित्याएर भूपू पदाधिकारी नाउँका ठूलाबडा पोस्ने काममा सरकार लम्पट बनेर लागीपरेको छ । झण्डै बर्ष दिन पुग्न लाग्दासम्म भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यको सुरुवात हुन नसक्नु सरकारी निकम्मापनको घतलाग्दो उदाहरण हो ।

सरकारको पहिलो र मुख्य काम भनेको भूकम्पपीडितको लागि तत्काल मानवोचित वसोवासको व्यवस्था गर्नु थियो । भूकम्पले जमिन चर्किएर ,भास्सिएर विस्थापित भएका नरनारीको लागि बैकल्पिक ठाउँको छनोट अनि बसोवास र रोजगारीको व्यवस्थापन गर्नु अर्को प्मुख दायित्व थियो । त्यो हुँदै भएन । तत्कालकोलागि आवश्यक पर्नेजति घर निर्माण र खाद्यान्न तथा न्यानो कपडा जोहो गर्नु थियो । यसकोलागि दलीय सहमति र साझेदारीको वातावरण तयार पार्नु आवश्यक थियो । तर पहिलो सरकारले पेश गरेको पुनर्निर्माण विधेयकलाई समेत नेकपा एमालेले संसदमा अवरोध खडा गरेर पास हुन दिएन । पुनर्निर्माण प्राधिकरणका तत्कालीन नवनियुक्त कार्यकारी अधिकृतलाई अवैधानिक बनाएर पदच्युत गरियो ।
आफ्नो पार्टीका कार्यकर्तालाई सो पद दिलाउने कपटपूर्ण आसयले नै तत्कालीन एमाले संसदीय दलका नेता तथा वर्तमान प्रधानमन्त्री के.पी.ओलीले त्यतिवेर प्रमुख भूमिका खेलेका थिए । दाताहरुबाट प्राप्त खर्वौ रुपैयामाथि गिद्देदृृष्टि गाडेर नै त्यो कर्तुत गरिएको कुरा जगजाहेर छ । त्यसैले हाल आएर भूकम्पपीडितको सहायता र पुनर्निर्माणभन्दा कार्यकर्ता पाल्नेपोस्ने र बन्दरबाँट गर्ने काम ओली सरकारको पाथमिकतामा रहेको स्पष्ट हुन्छ ।
जे भएपनि वर्तमान चरणमा आएर पुनर्निर्माण विधेयकले कानूनी रुप लिएको छ । यसैको आडमा चकलेटी विशेषज्ञ कार्यकारी अधिकृतसमेत नियुक्त भएका छन । पुनर्निर्माणको काम पनि महाअभियानको नाम दिएर रानी पोखरीबाट शुरु गरिएको छ । कुनै पुराणयज्ञ वा जात्राकोरुपमा शुरु गरिएको महाअभियान देखावटी झारा टार्ने प्रचारमुखी तमासा हो भन्ने सरकारको व्यवहारबाट स्पष्ट देखिन आउँछ । नरदेवी, झोँछे,वसन्तपुर, गोन्गबू, भेडासिं, असन, इन्द्रचोक लगायत टोलमा मानिसहरु भत्ेक विग्रेका घरमा टेको लगाएर गुजारा गरीरहेका छन । कतिवेर अर्को भूकम्प आएर माटोमा मिलिने हो भन्ने उनीहरुमा त्रास छ ।
साँझ विहानको गुजारा टार्न र मुन्टो लुकाउने ठाउँ अन्यत्र नहुदा उनीहरु त्यस्ता क्षतविक्षत भग्नवशेषहरुमा बस्न वाध्य छन । तर सरकार तिनीहरु प्रति पटक्कै संवेदनशील देखिँदैन । यदि हुदो हो भने ती भग्नावशेषमा रहने ठूलो संख्याका नरनारीहरुको व्यवस्थापनलाई पहिलो चरणमा पूरा गर्नु पर्ने थियो । अलि दिन नबन्दैमा रानी पोखरीले कुनै मानवीय क्षति गर्ने वाला थिएन । अन्य संरचनाहरुभन्दा ज्यादै कम क्षति भएको रानी पोखरीको पुन निर्माण कार्य अहिलेको प्रथम आवश्यकता हुदैहोइन । भोका नाङ्गा असहाय जनतालाई आफ्ना चिल्ला अनुहार र सुकिला लुगा टीभीको पर्दामा देखाएर के सधैं उपहास मात्रै गर्न चाहन्छ सरकार ?     महाअभियानको शुरुआत हालै भएपनि पहाडी क्षेत्रमा त अझ वैशाखदेखि मात्र पुनर्निर्माणको कामको थालनी गर्ने सरकारले घोषण गरेको छ, जव कि वैशाखदेखि हावाहुरी,पानीबतास आउने मौसम सुरु हुन्छ भने त्यति वेर पहाडी भेगमा किसानहरु खेती लगाउनमा व्यस्त रहन्छन ।
हिउँदे धानको विउ राख्न, खेत तयार गर्ने, रोपाइँ गर्ने ,बारीमा मकै छर्ने,गोड्ने,कोदाको विउ राख्ने जस्ता कार्यहरुको बढी चटारो हुन्छ । अझ वर्षाद नै शुरु भैहालेको खण्डमा त निर्माण सामाग्री पु¥याउन बाटो बन्द हुने भरिया र मिस्त्री डकर्मीको अभाव हुने र निर्माण कार्यसमेत असहज हुने स्थिति आउँछ । त्यति पर पु¥याउनुकोसट्टा पहाडी क्षेत्रको पुनर्निर्माण कार्यलाई सरकारले दशैंतिहारपछि लगत्तै शुरु गर्नु पर्ने थियो । मंसीरदेखि चैत्र महिनासम्मको समय पहाडी क्षेत्रका किसानकोलागि फुर्सदीलो समय मानिन्छ ।
पुनर्निर्माण गर्नुपर्ने घरकटेरा गोठ विद्यालय, पुलहरुकोलागि निश्चित मापदण्डको खाकासहित प्राविधिक जनशक्तिको थप व्यवस्था गरेर स्थानीय वडा समिति, गाविस, नगरपालिका तथा जिल्ला विकास समिति र स्थानिय जनसहभागीता सहितको सहकार्यमा काम शुरु गरेको भए हालसम्म शीत र हिउँले भिजेर थोत्रा त्रिपालमुनि गुजारा गर्ने अधिकांश जनताले न्यानो घरभित्र ओत पाइसक्ने थिए । तर सरकार जनताप्रति जिम्मेवार र संवेदनशील छैनमात्र होइन विदेशीले पठाएको अरवौं रुपैयाको सहायता रकम मुठ्याएर पार्टी र कार्यकर्तालाई दामासाहीले बन्दर बाँट गर्न आतुर रहेको बुझिन्छ । च्यातिएका त्रिपाल मुनि चिसोले कठ्याङ्ग्रीएका वृद्धवृद्धा,सुत्केरी,गर्भिणी र नवजाता शिशुहरुको असहनीय विपत्तिमा सरकार रावणहाँसो हाँसेर पीडा थपिरहेको छ । विगत लामो समयदेखि काम गर्दैआएका गाउँ विकास समिति र नगरपालीका किन निकम्मा ठहरिए ? उनीहरुकै अग्रसरतामा स्थानीय जनताकै सहकार्यमा तत्काल पुनर्निर्माण कार्य अघि बढाउनु किन अपठयारो प¥यो ? तत्काल ससमस्या पहिचान गर्ने र काममा तदारुकता देखाउनुपर्ने मामिलामा सरकार नराम्ररी चुकेको छ । त्यतिमात्र होइन ढीलासुस्ती गर्दै गएर विदेशी सहयाताको रकमले पुनर्निर्माणभन्दा पार्टी कार्यकर्ता पोस्ने सञ्जालको तानावानामात्र बुन्न सरकार लागेको आशङ्का उत्पन्न भएको छ ।
प्रधान मन्त्री केपी  शर्मा ओली जीले कार्यभार सम्हाल्दा भारतसंग तुरुन्तै सम्वन्धमा सुधार हुने र नाकाबन्दी चट्टै हट्ने आश्वासन दिएका थिए । ग्यास, डिजल, पेट्रोलको अभावमा चूलो सेलाएका र यातायातका साधन चलाउन नपाएका जनताले प्रधान मन्त्रीको आश्वासन शिरोपर गरे । तर जति धैर्य गर्दापनि नाकावन्दी भने खुल्नुसट्टा झन कसिदै गयो र दोस्रो किसिमको अवैध नाकाबाट तस्करीको वृहत परिमाणको कारोबार चालु रह्यो ।
वैध मानिएका ग्यासडिपोहरु रित्तिए । टाठा बाठा धनी मानी र तारे होटल वालाहरु आठ दश हजार तिरेर जस्केलाबाट सिलिन्डर ल्याउन सफल भए । पेट्रोल, डिजलमा सम्पूर्ण यातायातक्षेत्र कालोबजारीमा भर पर्न गयो । दोस्रो नेक्सस खडा गरेर कालोबजारी गर्न आयल निगमका अधिकारीहरुलाई सरकारले सरासर छूट मात्र दिएन अझ प्रोत्साहनसमेत दियो । विश्वमै कहिँ न भएको यो घृणित र जघन्य अपराधपूर्ण कारोवार अहिलेसम्म पनि थथावत चालू रहेको छ । ष्टोरहाउसहरुमा भण्डारण गर्ने ठाउँ नहुँदाससमेत सर्वसाधारणले सहज रुपमा इन्धन पाएका छैनन ।  उपभोक्ताहरुमा वितरणकोलागि पंपहरुलाई नदिई भण्डारगृह बाहिर भरिएका ट्रयाङ्करको लामो लाइन खडा गर्ने काम आयल निगम आफैं गरीरहेको छ । तर उपभोक्ताहरुलाई भने डिपो मार्फत वितरण कार्य नगरी भट्टी,पानपसल चुरापसल किरानापसल,चोकचौराह चौतारी जताततैबाट तेल वेच्ने काम भैरहेको छ । विवस निरीह उपभोक्ताहरु ब्ल्याकमा तेल किनीरहेका छन । गाडी गुडीरहेका छन ।
सरकारी स्वामित्वमा रहीआएको आयल निगम स्वयं तस्कर एजेन्टको माध्यमबाट महँगो मूल्यमा तेल बेच्न लागीपरेको घटना शायद विश्वमै आठौं आश्चर्य हुनसक्छ । त्यस्तै बोर्डर क्षेत्रमासमेत नाकाबन्दीको अवसर छोपेर अवैध आयात कर्ता तस्कर दलाललाई सरकारले नै प्रोत्साहित गर्दै आएको तथ्यसमेत कतैबाट लुकेको छैन । यो चाहिँ नवौं आश्चर्य हो कि ?         
यस्तो अद्वितीय खालको विश्वरेकर्ड कायम गरेर गिनीज बूकमा दर्ता हुन लागेको ओलीसरकारलाई गाली गर्ने  होइन धन्यवाद पो दिने हो कि । तर भाँङको नसा र भ्रमको खेती लामो समय टिक्दैन भन्ने कुरा देशको शान्तिसुरक्षा,अमनचैन र विपदव्यवस्थापनको जिम्मा लिने सरकारले ख्याल गर्नै पर्ने हो । बेलाकुवेला असम्भाव्य खालका बगम्फुसे भाषण गरेर काल्पनिक आस्वासन बाँड्दै जाने र कसैले पत्याइदिएन भने उल्टो रोड्याइँ गरेर पाखुरा सुर्किने महामहिम पीएमको बानीभने मैं हुँ भन्ने विश्वका ठूला तानशाहलाईसमेत माथ गर्ने बरीयतामा रहेको पाइन्छ । धन्य नेपाली । धन्य पीएम ज्यू ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell