top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

न्यूयोर्कमा हिमआँधी रोकियो, गुड्न थाले सवारीसाधन  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  8:42 AM  |  Viewed: 809 times

काठमाडौं, माघ ११ । अमेरिकाको न्यूयोर्कमा हिमआँधी रोकिएको छ । हिमआँधी रोकिएसँगै सवारीसाधन सन्चालनमा लगाइएको रोक हटाइएको छ ।

अझै पनि वासिङ्टन डिसीमा मेट्रो सेवा बन्द रहने छ भने हवाई यात्रा पनि केही समयसम्म प्रभावित हुने आशंका गरिएको छ । हिमआँधीका कारण लगभग सात हजार उडान रद्द भएका थिए ।

हिमआँधीका कारण अमेरिकाका पूर्वी राज्यहरुको जनजीवन अस्तव्यस्त भएको छ । २० वटा राज्यका करिब ८ करोड ५० लाख मानिस प्रभावित भएका छन् ।

शुक्रबारदेखि सुरु भएको हिमपातले त्यहाँ सवा तीन फिटसम्म हिउँ जमेको थियो । जसका कारण हवाई र रेल सेवा पूरै प्रभावित भएको थियो । हिमआँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले ११ राज्यमा आपत्कालीन स्थितिको घोषणा गरेको छ ।

अमेरिकाको पछिल्लो एक सय वर्षको इतिहाँसमा सबैभन्दा शक्तिशाली हिमआँधी आएको हो । जसलाई स्नोजिला नाम दिइएको छ ।

तुफानका कारण न्यूजर्सी र भर्जिनिया पनि प्रभावित भएका थिए । त्यहाँका लाखौं मानिसले अहिले पनि विद्युत् सेवा पाउन सकेका छैनन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell